१७ वडामा मारवाडी सेवा समितिबाट बहालमा बस्नेहरुलाई राहत बितरण!

बिश्वब्यापी फैलिदै गरेको कोरोना भाइरसको संक्रमणको कारण लकदाउनले बहालमा बसी दैनिक काम गरेर गुजारा गर्नुपर्नेहरुलाई भरपेट खान नपाउने अवस्थालाई मध्यनजर राखी मारवाडी सेवा समितिबाट १७ वडाका बहालमा बस्ने (भाडामा )हरुलाई खाद्यान्न राहत वितरण गरियो।

१७ वडाका अध्यक्ष नविन मानन्धर तथा क्षत्रपाटी नि:शुल्क चिकित्सालयका उपाध्यक्ष कुमारदेव मानन्धर र मारवाडी सेवा समितिका सदस्यहरुको सक्रियतामा र १७ वडाका स्थानिय बासिन्दाहरुको सहयोगमा सो कार्य भएको छ !

महानगरपालिकाका उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीको संलग्नतामा उक्त राहत वितरण कार्य भएको हो, साथै नेपाल आर्मी तथा सुरक्षाकर्मिको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published.