२४ बाट वडामा राहत बितरण

बिश्वब्यापी फैलिदै गरेको कोरोना भाइरसको संक्रमणको कारण लकदाउनले बहालमा बसी दैनिक काम गरेर गुजारा गर्नुपर्नेहरुलाई भरपेट खान नपाउने अवस्थालाई मध्यनजर राखी २४ वडाका बहालमा बस्ने (भाडामा )हरुलाईखाद्यान्न राहत वितरण गरियो ।

गमती प्रदेशका साम्सद राजेश शाक्यको उपस्तिथिति उक्त राहत बितरण कार्य भएको हो । राहत बितरण स्थलमा २४ वडाका अध्यक्ष बालकृष्ण श्रेष्ठ सदस्य सुमन स्थापितका साथै लक्ष्मी महर्जन निकै सक्रियाताका साथ राहत बितरणमा खटिएको छ ।

राहत लिने व्यक्तिको नागरिकता हेरी दर्ता गरिनुका साथै संक्रमण बाट बच्न घेराबन्दी गरिएको थियो । वडा अध्यक्षका अनुसार ” यो राहत दैनिकी ज्यालादारी मजदुर तथा बिपन्न परिवारलाई दिएयेको हो”। वडा सदस्य सुमन स्थापितका अनुसार ” २४ वडाका बहालमा बस्ने परिवारहरुको कसैको पनि नाम नछुटाई निस्पक्ष्य ढंगले राहत वितरण गरिएको “बताएका छन

Leave a Reply

Your email address will not be published.