लक् दाउनले मृगौलाका बिरामीहरु मर्माहत!

 महामारीको रुपमा फैलिएको रोग कोरोना भाईरसले सबैलाई त्रसित बनाएको र नेपाल पनि अहिले कोरोना भाइरस संक्रमण दोश्रो चरणमा प्रबेश गरिसकेको छ,तसर्थ आज देखि थप एक साता लक दाउन अवधि बढाएको अवस्था छ।

 लक डाउनले गर्दा धेरै ब्यक्तीहरुलाई आवत जावत गर्नलाई बिभिन्न समस्या आईपरेको छ । त्यसमा पनि धेरै जसो बिभिन्न प्रकारका बिरामीहरु मारमा परेका छन् । कोही बिरामी अस्पताल सम्म पुग्न सक्ने अवस्था छैन ।

 लक डाउनले गर्दा धेरै ब्यक्तीहरुलाई आवत जावत गर्नलाई बिभिन्न समस्या आईपरेको छ । त्यसमा पनि धेरै जसो बिभिन्न प्रकारका बिरामीहरु मारमा परेका छन् । कोही बिरामी अस्पताल सम्म पुग्न सक्ने अवस्था छैन ।

कोही बिरामी अस्पतालमा पुग्न तथा चेक जाँच गर्न जान नपाउदै मृत्यु भएको अवस्था छ । यती बेला मृगौला पिडितहरु झन् मारमा परेका छन् । किनकी लक डाउनको प्रभावले गर्दा मृगौला पिडितहरुको डायलेसिस गर्नलाई पानी, औषधी र अन्य उपकरणहरुको अभाव छ । एकातिर कोरोना भाईरसको त्रास भने अर्को तिर मृगौला पिडितहरुले डायलेसिस गर्न नपाउदा कतै मरिनेपो होकी भन्ने त्रास मनमा छ ।

निदान हस्पिटल पुल्चोकको आरोग्य प्रतिष्ठानमा मृगौला पिडितहरुलाई हप्तामा २ पटक ४ घन्टाको दरले डाईलेसिस गर्नुपर्नेमा २ घन्टा मात्र डाईलेसिस गर्ने गरेको छ । राष्ट्रिय मृगौला उपचार केन्द्र, बनस्थलीमा ४ घन्टा डायलेसिस गर्नु पर्नेमा २ घन्टा मात्र डायलेसिस गराईदिने त्यहाको पछिल्लो समयको नियम रहेको छ । त्यर्सैगरी सहिद धर्मभक्त राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्र, भक्तपुरमा ४,४ घन्टा डायलेसिस गर्नुपर्नेमा ३ घन्टा र हप्तामा ३ पटक डायलेसिस गर्नेपर्नेमा २ पटक मात्र डायलेसिस गर्ने गरेको छ । त्यस्तै सामाखुसी, काठमाडौं स्थित रहेको बुलन्द सिटी हस्पिटलमा मृगौला पिडितहरुलाई हप्तामा २ पटक ४ घन्टाको दरले डाईलेसिस गर्नुपर्नेमा २ घन्टा मात्र डाईलेसिस गर्ने गरेको मृगौलाका बिरामीका परिवारले बताएका छन् ।

बुलन्द सिटी हस्पिटलमा बिरामीहरु आफै स्वयमले पानी र अन्य आवश्यक पर्ने सामानहरु खरिद गरेर ल्याएपछि मात्र डाईलेसिस गरिदिने नत्र डाईलेसिस नगरिदिने गरेको भन्दै बिरामीहरुले गुनासो गरेका छन् । यस प्रति सम्बन्धीत निकाय र नेपाल सरकारको ध्यान जानेकी नजाने ? नेपाल सरकारले मृगौला पिडित ब्यक्तीहरु र अन्य आकस्मिक बिरामीहरुको लागी छिट्टै नयाँ कदम चालोस् । कोही पनि अल्पकाल मै मर्न नपरोस्  ।

मृगौला पिडितहरुका लागी नेपाल सरकारले नयाँ ब्यव्स्था गरोस् भन्दै श्री मृर्गौला पिडित सरोकार समाज नेपालका केन्द्रिय अध्यक्ष बलराम सुबेदीले आवाज उठाईरहेका छन् ।

Leave a Reply

Your email address will not be published.