टेंग बाल -गणेशमन्दिरको पाला(पूजारी ) हस्तान्तरण

टेंग (टेङ्गल) टोलमा अवस्थित बाल -गणेशको मन्दिरमा बस्ने ,पूजा गर्ने पूजारीहरू हरेक वर्ष नेवा :हरुको पर्व पहाचर्हेकोको साँझ फेर्ने चलन रही आएको छ ,सो दिन गणेश पूजारीले तयार पारेको बिशेष परिकार र भोजन इखापोखरी सडकमा अवस्थित लुकुमाद्योलाइ चढाई पाला फेर्ने अर्थात पूजारी हस्तान्तरण गर्ने चलन रहेको छ , यद्यपि विश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोनाको संक्रमण र लक् दाउन लाइ मध्येनजर गरि पाला फेर्ने अर्थात पूजारी हस्तान्तर लाइ पनि पछाडी सारी आज मात्र सो कार्यलाई पूर्णता दिएको छ । पूजारी हस्तान्तरण गर्दा थाकुली अर्थात जेष्ठ नागरिकले बिशेष पूजा गरि बाल गणेशको मूर्तिलाई नया आउने पाला अर्थात् पूजारीलाई पालो छोड्ने पूजारी अर्थात् पुरानो पालाले मूर्ति हस्तान्तरण गरिन्छ ।

Leave a Reply

Your email address will not be published.