रातो मच्छिन्द्रनाथको जात्रा स्थगित, लकडाउन लगत्तै हुने
नेपालको सबैभन्दा लामो रथजात्रा स्थगित भएको छ । रातो मच्छिन्द्रनाथको जात्रा कोरोनाको विश्वभरिको संक्रमणका कारण स्थगित गरिएको गुठी संस्थान र ज्यापु समाज यलले संयुक्त रुपमा जानकारी गराएको छ । बिहीबार विधिपूर्वक मच्छिन्द्रनाथलाई स्नान गरिएको थियो । आज शुक्रबारदेखि रथ निर्माणको हुने भनिएपनि स्थगित गरिएको छ । रथ निर्माणको काम लकडाउन सकिएलगत्तै क्षमा पूजा गरेर सुरु गरिने निर्णय भएको छ । लिच्छवीकालदेखि निरन्तर चल्दै आएको रातो मच्छिन्द्रनाथ रथयात्रा बैशाख कृष्ण पक्षको प्रतिपदादेखि सुरु गर्ने चलन छ ।