रातो मच्छिन्द्रनाथअर्थात पद्मपाणी लोकेश्वर (बुङ्गद्यो) को महास्नान सम्पन्न

समस्त विश्वनै कोरोना भाइरसको संक्रमण रहेको अवस्थामा छ , तथापि नेपाल पनि ९ जना संक्रमित भेटिएको अवस्था छ , यो अवस्थामा पनि धार्मिक आस्था रहेको हाम्रो मुलुकले धार्मिक कार्यमा कहिले पनि फर्केर हेरेको अवस्था भेने छैन ।

सोहि अनुसार हरेक वर्ष ल्हुतिपुन्हीको पछिल्लो दिन अर्थात् पारु (परेवा) तिथिका दिन गरिने करुणामय बुंगद्यः अर्थात रातो मच्छिन्द्रनाथको महास्नान सम्पन्न भएको छ। । बर्षा र सहकालका देवता करुणामय बुंगद्यः अर्थात रातो मच्छिन्द्रनाथको( पद्मपाणीलोकेश्वर ) महास्नानका लागि पद्मपाणी लोकेश्वरको मूर्ति तःबहालस्थित मन्दिरबाट खटमा राखेर लगनखेल डबलीमा ल्याइञ्छ र पानेजुहरुले (पुजारी)चाँदीका चार घडाले चार दिशाबाट पञ्चामृतले पद्मपाणी लोकेश्वर करुणामयको स्नान गराउने चलन रहेको छ ।

महास्नान सम्पन्न भएपछि पुनः मूर्तिलाई खटमा राखी तःबहालस्थित मन्दिरमै पुर्‍याने गरिएपछि नेवार परम्परा अनुसारका दश कर्म पूजा गर्ने परम्परा समेत रहेको छ । श्री करुणामयको महास्नानअवलोकन गर्न पाटनको श्री कुमारीको सवारी हुने चलन रहेको छ ।

Leave a Reply

Your email address will not be published.