लकडाउनको समयमा एक घर एक रक्तदाता अभियानले रगत मौजातमा सुधार
कोरोना भाईरस (कोभिड १९)का कारण लकडाउनको अवस्थामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखा र काठमाण्डू जिल्ला शाखाले संयुक्त रूपमा “एक घर एक रक्तदाता” अभियान शुरू गरेको दोस्रो हप्तामा प्रवेश गरेको छ ।

यस अभियान अन्तर्गत नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखाको संयोजनमा ढोकाटोल काठमाण्डू निवासी जेन शाहिको अगुवाईमा भक्तपुर रक्त संचार केन्द्र (ब्लड बैंक) मार्फत आज २९ चैत्रमा रगत संकलन गरिएको छ । कामपा १९ वडाको ईनायटोल, ढोकाटोल, ताम्सीपाखा, नरदेवी र ढल्कोका १८ जना स्थानीयले रक्तदान गरेका छन् ।

‘लकडाउनको समयमा रगतको अभाव भएको फेशबुकमार्फत जानकारी पाएकोले साथीहरुलाई रक्तदानको लागि अपिल गर्यौ । जेन शाहीले बताए, ‘घरघरमा आएर रगतको संकलन गरिने जानकारी प्राप्त भएपछि आफ्नै घरमा रेडक्रस सोसाइटीका सहकर्मीहरुलाई बोलाएर यो रक्तदान कार्यक्रम गरेका हौं ।’ सो अपिललाई सहर्ष स्वीकार्दै स्थानीयले घरदैलो मै रक्तदान गरेको शाहीले बताए । ’यस्तो महामारीको अवस्थामा रगतको अभावले थप कसैको ज्यान गुमाउनु नपरोस् भनेर यो कार्यक्रमको अयोजना गरेको हो ।’ शाहीले स्पस्ट पारे ।

पहिलो पटक रक्तदान गर्नु हुने ३० बर्षीय निरज महर्जन रत्तदान गरेर पुण्य कमाएको र नियमित ३, ३ महिनामा रगत दान सवैले गर्नु पर्ने बताउनु हुन्छ। लकडाउनको समयलाई रक्तदान कार्यक्रम गर्दा व्यक्तिगत सुरक्षाको सबै साधन अपनाइ सावधानिक रुपमा रक्तदान सम्पन्न गरेको महाबौद्ध उपशाखाका सभापति योगेश कुमार शाहीले बताउनु भयो । प्रत्येक घरपरिवारवाट एक जनाको दरले नियमित रगत दान गर्ने हो भने हालको अभाव सामान्य हुनेछ ।

“एक घर एक रक्तदाता” अभियानले महामारीको अवस्थामा पनि व्यापकता लिएको उपशाखाका सचिव प्रकाश अमात्यले जानकारी दिनु हुन्छ । उत्साहित अमात्यले यसलाई निरन्तरता दिन उत्तिकै चुनौतिपुर्ण रहेको औंल्याउँदै प्रत्येक रक्तदाता लाई तीन तीन महिनामा नियमित रक्तदान गराउन प्रोत्साहन गराईने रणनिति भएको बताउनु भयो ।

पछिल्लो समय रक्तदाता घरघरमै सीमित भएकोले स्वास्थ्य क्षेत्रमा रगतको अभाव चुलिएको छ । त्यसैले पनि रेडक्रसले घरदैलो रगत संकलन अभियानलाई तीव्र बनाएको छ । यस अभियान गएको साता शुक्रवार देखि संचालनमा आएको हो र सामुहिक प्रयासबाट हाल भक्तपुर ब्लड बैकमा १००० युनिट रगत मौजात रहेको जानकारी रक्त संचार केन्द्रका प्राविधिक दामोदर नकर्मीले दिनु भयो । अवको दिनमा दिनहुँ २०० युनिट रगत संकलन भैदियो भने उपत्यकामा रगत अभाव हुने छैन । औषधि सेवन गरेका, महिनावारी भएको वेला, सुगर प्रेसरका विरामीहरूले रक्तदान गर्न मिल्दैन ।

