खेलाडीका लागि मनोवैज्ञानिक कक्षा सुरु

नेपाल ओलम्पिक कमिटीले हाल विश्वव्यापि COVID-19 महामारीको कारण खेलाडीहरुको प्रशिक्षण बन्द भएको अवस्था र रोगको समाचारहरुले मानसिक असर समेत परिरहेको परिस्थितिलाई मध्यनजर गर्दै आज बाट “Winning Mindset” Psychology well being program दिउसो ४ः००—५ः०० बजे सम्म सञ्चालन गरिएको छ । कार्यक्रम सञ्चालन नेपालओलम्पिक कमिटी को Sports Psychology Commission का Chairperson ईन्द्रगुरुङ्गज्युले गर्नु भएको छ ।

।कार्यक्रममा Tokyo Olympic को लागि तयारीमा रहेका ओलम्पिक कमिटी बाट छात्रवृत्तिप्राप्त खेलाडीहरु, वाईल्ड कार्डका उम्मेदवार खेलाडी र प्रशिक्षकले सहभागिता जनाउनु भएको छ। यो कार्यक्रम एक साता सञ्चालन हुने छ । यस कार्यक्रमका साथै खेलाडीहरुले COVID-19 रोगको संक्रमणको सम्भावना बाट बचेर यसका नियमहरुलाई पूर्ण रुपमा पालन गर्दै घरमै बसेरप्रशिक्षकको निगरानीमा खेलाडीहरुले आफ्नो स्वास्थ्यलाई fit राख्ने कार्यलाई पनि निरन्तरता दिनेयोजना रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु