क्वारेन्टाइनमा बसेका भारतीयलाई नेपाली सेनाको निगरानी

वीरगन्जको सिद्धार्थ माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा राखिएका भारतीयहरूमाथि नेपाली सेनाले निगरानी गरिरहेको छ । छपकैयाको मस्जिदमा लुकेर बसेका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । २४ जनामा कोरोना परीक्षण गरिएको थियो । जसमा तीन जना हिजो पोजेटिभ देखिएका थिए । उनीहरूलाई अहिले नारायण उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ। पर्सा प्रशासनले शुक्रबार र शनिबार छपकैया र घुसुकपुरका मस्जिदमा बसेका भारतीयहरूलाई क्वारेन्टाइनमा पठाएको थियो ।

Leave a Reply

Your email address will not be published.