माननीय जयपुरी घर्तिको सभापतित्वमा भिडियो कन्फरेन्स
शिक्षा तथा स्वास्थ्य समिती सभापति माननीय जयपुरी घर्तिको सभापतित्वमा भिडियो कन्फरेन्स मार्फत समितिका माननीय सदस्यहरु बिचमा बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना (COVID-19) भाईरसबाट नेपालमा पनि बढदै गई रहेको अवस्थामा हुन सक्ने थप सम्भावित खतरा, उपचार ,रोकथाम र नियन्त्रण गर्नको लागि व्यापक छलफल गरि सरकारलाई ध्यानाकर्षण गर्नको लागि गरिएको केही महत्त्वपूर्ण सुझावहरु :
(1)कोरोना (COVID -19) भाईरसको स्वास्थ्य सामाग्री (भ्यान्टिलेटर , पि.पि.इ,माक्स ,कीट लगायत अन्य )सामानहरु यथाश्क्य छिटो खरिद गरि छिटो भन्दा छिटो वितरण गर्ने ।
(2)कोरोना (COVID-19) भाईरसको ल्याब टेस्ट तीब्रता पुर्वक अगाडि बढने।
(3)क्वारेन्टाइन र आइसोलेसनमा वस्नेहरुको खाने, बस्ने र उपचारको उचित व्यवस्था गर्ने
(4)लक डाउनमा परि समस्यामा परेका गरिव विपन्नहरुलाई उचित खानपान र बस्ने व्यवस्था गर्ने ।
(5)कोरोना भाईरस बाहेकका अन्य बिरामिहरुलाई उपचारको सहज वातावरण बनाउनु पर्ने।
(6)कोरोना भाईरसको त्रासमा परेकाहरुलाई मनोपरामशको व्यवस्था गर्नु पर्ने ।
(7) राहत बितरणमा अनियमिततालाई ध्यान दिनु पर्ने ।
8)कोरोना भाईरससंग सम्बन्धित सामाग्रीहरु गुणस्तरीय हुनु पर्ने ।
(9) चिकित्सक ,स्वास्थ्य कर्मी ,सुरक्षाकर्मी,एम्बुलेन्स चालक लगाएत प्रत्यक्ष उपचार खटिने व्यक्तिलाई सुरक्षा सामाग्रीको व्यवस्था गर्नु पर्ने।