आजका सबै आरडिटि पोजिटिभ रिपोर्टमा कोरोना नेगेटिभ

स्वास्थ्य मन्त्रालयको दैनिक मिडिया ब्रिफिंगमा आज दिनभर देखिएका सबै आरडिटि पोजिटिभ केसहरु पुन परिक्षण गर्दा नेगेटिभ देखिएका छन् । छिटो गरिने परिक्षणलाई आरडिटि परिक्षण भनिन्छ भने संकास्पद अथवा पोजिटिभ केसलाई पुन पिसिआर विधिबाट परिक्षण गरिन्छ । आज दिनभरमा ३६९ पिसिआर परिक्षण गरिएको र सबै नेगेटिभ नतिजा निस्किएका हुन । आज दिनभरमा ३२०० आरडिटि परिक्षण गरिएका थिए । आजै विरगंजको छपकैयामा ४०० जनामा आरडिटि परिक्षण गरिएकोमा सबै नेगेटिभ आएको थियो । आरडिटि नेगेटिभ भएपनि ढुक्क हुन नमिल्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपाल भर ८ जिल्ला बाहेकका जिल्लामा आरडिटि विधिबाट परिक्षणको थालनी भइसकेको छ ।

बिहिबारसम्म १०३ जना आइसोलेशनमा बसेका छन् जसमध्ये आठ जना काठमाडौं उपत्यकामा बसेका छन भने बाँकि उपत्यका बाहिर रहेका छन । त्यसैगरि विभिन्न माध्यमबाट स्वविश्लेषण गर्नेहरुको संख्या अठार हजार पुगेको छ । उपत्यकाका १६ निजि अस्पतालमा समेत कोरोना क्लिनिक निर्माण गर्ने निर्णय भएको छ । त्यसै गरि स्थानिय सरकारसँग समन्वय गरि त्यस स्थानिय सरकारको मातहतमा रहेका अस्पतालको लिखत कायम गर्ने साथै चिकित्सकको संख्या निर्धारण गर्ने जनाएकोछ । त्यसैगरि स्थानिय तहमै विदेशबाट आएकाहरु क्वारान्टाइनमा बसे नबसेको निगरानी गर्न समेत स्थानिय सरकारलाई आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published.