नयाँ वर्षकाे उपलक्ष्यमा नेपालभाषाकाे नयाँ गीत ‘छन्त जिगु माया मदुला’ सार्वजनिक

नव बर्ष २०७७को उपलक्षमा नेपाल भाषाको म्युजिक भिडियो ‘छन्त जिगु माया मदुला’  अर्थात तिमीलाइ मेरो माया लाग्दैन गीत सार्वजनिक गरिएको छ । धर्म महर्जनको कर्णप्रिय आवाजमा रहेको यस गीतलाइ ईलोहं प्रकाशनले आफ्नो युट्युब च्यानलबाट प्रिमियर गरेको थियो । यस गीतमा किशोर चिपालु, रविना तुलाधर र विपश्यना शाक्यको अभिनय रहेको छ ।

राजन शाहीको निर्देशनमा तयार गरिएको सो गीत निकै मामिक छ । यस गीतको छायाँकन तथा सम्पादन मनोजरत्न शाहीले गरेका छन ।

जीवित जल्मीको संगीत संयोजन रहेको यस गीतमा नेवारभासाको लोक लय् छ । यस गीतलाइ मेलोडी स्टुडियोका सुरेन्द्र श्रेष्ठले रेकर्ड गरेका हुन । गीत पेजथ्री पाक्षिक पत्रिकाका सम्पादक दर्शनवीर शाक्यले लेखेका हुन ।

Leave a Reply

Your email address will not be published.