निशुल्क एम्बुलेन्सको व्यवस्था, ११८० डायल गरि दिर्घ रोगीलाई, १०२ कोरोना संक्रमितलाई सेवा

काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्ला भित्र बिरामीहरुका लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । लकडाउनको समयमा यसरी निशुल्क सेवा प्रदान गरिएको हो । नियमित डाइलासिस गर्नुपर्ने मिर्गौला रोगी, किमोथेरापी गर्नुपर्ने क्यान्सरपिडित, दिर्घ रोगीहरुले ११८० डायल गरि निशुल्क एम्बुलेन्सको सेवा लिन सक्नेछन । त्यसैगरि कोरोना संक्रमितहरुले १०२ नं डायल गरि निशुल्क एम्बुलेन्सको सेवा लिन सक्नेछन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जारी गरेको आजको सुचनामा यो उल्लेख गरिएको हो ।

Leave a Reply

Your email address will not be published.