थप १४ जनामा कोरोना पुष्टि, कुल संक्रमित ३० पुग्यो
नेपालमा आजै १४ जना कोरोना भाइरस (कोभिड(१९) का नयाँ संक्रमित पत्ता लागेका छन् । उदयपुरमा १२ र चितवनमा दुई जनामा कोरोना पुष्टि भएको छ ।
शुक्रबार थप भएका संक्रमितमा केही भारतीय पनि छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।