१५ वडाकाे सामुदायिक स्वास्थ्य परिषद् मा ४६ जनाकाे काेराेनाकाे Rapid Diagnostic Test RDT परीक्षण

आज वैशाख ५ गते शुक्रवार १५ वडाकाे सामुदायिक स्वास्थ्य परिषद् परिसरमा ४६ जनाकाे काेराेनाकाे Rapid Diagnostic Test RDT परीक्षण भएकाे छ।

काठमाडाैं महानगरपालिकाकाे संयाेजनमा र १५ वडाकाे सक्रियतामा हालसालै विदेशबाट आएका व्यक्तिहरुकाे टेष्ट गरिएकाे हाे । उक्त टेष्टमा सबैलाई हाैसला दिनकाे लागि काठमाण्डाै महागरपालिकाका प्रवक्ता एवं १५ वडा अध्यक्ष ईश्वरमान डंगाेलज्यूले पनि आफ्नो काेराेना टेष्ट गरेको हो ।

स्वास्थ्य सेवा बिभागबाट ईपिडमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाका पिताम्बर पन्त, राजेन्द्र खड्का, बुद्ध रत्न महर्जन, फणेन्द्र ज्ञवालिलगायतका ल्याव टेक्निसियन अफिसरहरुबाट सो टेष्ट भएकाे हाे।

१५ वडा अध्यक्ष डंगाेलका अनुसार अहिलेसम्म वडावासिहरुकाे सहयाेगका कारण वडा सुरक्षित भएकाे र आगामी दिनहरुमा पनि लकडाउनकाे पालना गरि वडालाई अझ सुरक्षित बनाउनमा मद्दत गर्न लकडाउनकाे पालना गरि घरमै बसिदिनुहुन आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published.