आज बसन्तपुर दबलीमा ८ वटा वडाको आरडिटि टेष्ट हुँदै
चैत महिना भित्र विदेशबाट आएकाहरुको कोरोना टेष्ट गर्ने गरि काठमाडौं महानगरपालिकाले आरडिटि टेष्ट शुरु गरेको छ । यस क्रममा आज शनिबाः आठ वटा वडामा बस्दै आएकाहरुको टेष्ट हुँदै छ । बसन्तपुर दबलिमा हुने टेष्टमा वडा नं १८, १९, २०, २१, २२, २३, २४ र २७ मा बस्दै आएकाहरुको टेष्ट हुनलागेको छ । वडाका अध्यक्ष तथा सदस्यहरुको समन्वयमा टेष्ट भैरहेको शहरी जनस्वास्थ्य विभाग प्रमुख नरेन्द्र विलास बज्राचार्यले शुभअभियानलाई जानकारी दिनुभयो ।
क्रमबद्धरुपमा भइरहेको टेष्ट बिहान ११ बजे देखि ४ बजेसम्म हुने अथवा टेष्ट गर्न आउनेको संख्या हेरि हुने उहाँले बताउनुभयो । वडास्तरमा आआफ्नो रेकर्ड राखेको र त्यहि रेकर्ड अनुसार परिक्षण भइरहेको उहाँले बताउनुभयो ।
५,४, ९, १०, १५, ३१ र ३२ नं वडामा टेष्ट भइसकेका छन् । ४०३ व्यक्तिमा भएको टेष्ट सबै नेगेटिभ आएको थियो ।