थप एक संक्रमित, दुई संक्रमित डिस्चार्ज
थप एक कोरोना संक्रमनको पुष्टिसँगै नेपालमा कुल संक्रमित ब्यक्ति ३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गर्दै ६५ वर्षका पुरुष संक्रमित भएको जनाएको छ ।
आजै दुई जना कोरोना प्रभावित निको भएर डिस्छार्ज भएका छन् । काठमाडौंकि १९ वर्षिय र बागलुंगकि ६५ वर्षिय महिला आजै डिस्चार्ज भएका छन् । कोरोना संक्रमण निको भएको संख्या तीन पुगेको छ ।