कोरोना संक्रमित युवाको पनि दोस्रो रिपोर्ट नेगेटिभ, २४ घण्टापछि डिस्चार्ज हुन सक्ने

कोरोना संक्रमित सुदूरपश्चिम प्रदेशका २१ वर्षीय युवकको रिपोर्ट नेगेटिभ आएको छ। कोरोनाभाइरस संक्रमण देखिएर सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीस्थित लम्कीचुहा नगरपालिकाका युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको हो । २४ घण्टाभित्र अर्को पनि नेगेटिभ रिपोर्ट आए उनी पनि डिस्चार्ज हुनेछन् ।

सुदूरपश्चिम प्रदेशका पाँच जनामा कोरोना संक्रमण देखिएको थियो । धनगढी उपमहानगर वडा नम्बर ५ का ३४ वर्षीय युवक, उनकी ३४ वर्षीया भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६० वर्षीय महिलाको तेस्रो कोरोना रिपोर्ट भने पोजेटिभ नै आएको छ ।

Leave a Reply

Your email address will not be published.