एक घर एक रक्तदाता अभियानले काठमाण्डू बाहिर गति लिंदै

कोरोना भाईरस (कोभिड १९)का कारण लकडाउनको अवस्थामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखा र काठमाण्डू जिल्ला शाखाले संयुक्त रूपमा “एक घर एक रक्तदाता” अभियान शुरू गरेको तेस्रो हप्तामा प्रवेश गरेको छ ।

यस अभियान अन्तर्गत नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखाको संयोजनमा थानकोट चन्द्रागीरी निवासी ऋतु कुमार श्रेष्ठ, मुक्ति श्रेष्ठ र बेन्जु श्रेष्ठको अगुवाईमा भक्तपुर रक्त संचार केन्द्र (ब्लड बैंक) मार्फत बैशाख ७ गते रगत संकलन गरिएको छ। चन्द्रागीरी नगरपालिका वडा नं ३ अन्तर्गत थानकोट क्षेत्रका २० जना स्थानीयले रक्तदान गरेका छन् ।

‘लकडाउनको समयमा रगतको अभाव भएको जानकारी पाएकोले साथीहरुलाई रक्तदानको लागि अपिल गर्यौ ।´ ऋतु कुमार श्रेष्ठले बताए, ‘घरघरमा आएर रगतको संकलन गरिने जानकारी प्राप्त भएपछि आफ्नै घरमा रेडक्रस सोसाइटीका सहकर्मीहरुलाई बोलाएर यो रक्तदान कार्यक्रम गरेका हौं । पहिलो पटक सामाजिक कार्य गर्न पाएकोमा म ज्यादै खुसी छु । यस्तो महामारीको अवस्थामा रगतको अभावले थप कसैको ज्यान गुमाउनु नपरोस् भनेर यो कार्यक्रमको अयोजना गरेको हो ।’ श्रेष्ठले स्पष्ट पारे ।

रक्तदान कार्यक्रम गर्दा व्यक्तिगत सुरक्षाको सबै साधन अपनाइ सावधानिक रुपमा रक्तदान सम्पन्न गरेको महाबौद्ध उपशाखाका सभापति योगेश कुमार शाहीले बताउनु भयो। “एक घर एक रक्तदाता” अभियानले महामारीको अवस्थामापनि व्यापकता लिएको देखिन्छ।” उपशाखाका सचिव प्रकाश अमात्यले जानकारी दिनु हुन्छ । “सामाजिक दुरी कायम गरी संक्रमणको सुरक्षा व्यवस्थापन कायम गरी घर दैलोमा रगत संकलन गरिने भएको हुँदा यसले रक्त संकलन र संचारमा नौलो अभ्यासको थालनी गर्ने छ ।” अमात्य उत्साहित देखिन्छन् तर यसलाई निरन्तरता दिन उत्तिकै चुनौतिपुर्ण रहेको औंल्याउँदै प्रत्येक रक्तदाता लाई तीन तीन महिनामा नियमित रक्तदान गराउन प्रोत्साहन गराईने रणनिति भएको बताउनु भयो ।

पछिल्लो समय रक्तदाता घरघरमै सीमित भएकोले स्वास्थ्य क्षेत्रमा रगतको अभाव चुलिएको छ । त्यसैले पनि रेडक्रसले घरदैलो रगत संकलन अभियानलाई तीव्र बनाएको छ । यस अभियान २१ चैत्र शुक्रवार देखि संचालनमा आएको हो र सामुहिक प्रयासबाट हाल भक्तपुर ब्लड बैकमा १००० युनिट रगत मौजात रहेको जानकारी रक्त संचार केन्द्रका प्राविधिक दामोदर नकर्मीले दिनु भयो। अवको दिनमा दिनहुँ २०० युनिट रगत संकलन भैदियो भने उपत्यकामा रगत अभाव हुने छैन । औषधि सेवन गरेका, महिनावारी भएको वेला, सुगर- प्रेसरका विरामीहरू ले रक्तदान गर्न मिल्दैन ।

Leave a Reply

Your email address will not be published.