राजधानीमा शुन्य संक्रमित हुँदा पनि १० दिन लकडाउन थप
लकडाउन बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय सरकारले लिएको छ । कोभिड १९ उच्चस्तरीय समन्वय समितिले शनिबार लकडाउन एक साता लम्ब्याउन सिफारिस गरेको थियो । तर, सरकारले १० दिन थप गरि लकडाउन बैशाख २५ सम्म कायम गरेको हो ।
सरकारले गत चैत ११ बाट लकडाउन लागू गरेको थियो । त्यसयता पाँचौपटक लकडाउन बढाइएको हो । यो सँगै नेपालको लकडाउन ४४ दिने हुने भएको छ । व्यवस्थित र प्रभावकारी टेष्टिंगको अभावले गर्दा सरकार ढुक्क हुन नसक्दा यसरी लकडाउन बढाउनु परेको विज्ञहरुको भनाइ छ ।
उपत्यका बाहिर नयाँ कोरोना संक्रमित भेटिएका छन् भने उपत्यका भित्र कोरोना संक्रमित शुन्य भएको छ ।