बलिउड लाइ फेरी अर्को झड्का, ऋषि कपुर रहेनन्

हिजो मात्रै एक प्रतिभाशाली कलाकार इरफान गुमाएको बलिउडले आज फेरी बहुप्रतिभाशाली कलाकार ऋषि कपुर गुमाएको छ ।

बलिउका चर्चित एवम् बहुप्रतिभाशाली अभिनेता ऋषि कपुरको आज निधन भएको छ , ६७ वर्षीय अभिनेता ऋषि कपुरको आज बिहान ८ः४५ बजे निधन भएको हो ।


ऋषि क्यान्सरबाट पिडित थिए । उनी २०१८ मा क्यान्सरको उपचारका लागि न्यूयोर्क पुगेका थिए । करिब एक वर्षको उपचार पछि २०१९को सेप्टेम्बरमा भारत फर्केका थिए ।

हिजो उनको स्वास्थ्य स्थिती खराब भएपछि मुम्बईको एचएन रिलायन्स फÞाउन्डेशन अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा आज बिहान उनको निधन भयो ।


अस्पताल भर्ना गरिएपछि उनका दाजु रणधीर कपुरले ऋषिलाई स्वासप्रश्वासमा समस्या भएकोले उनलाई अस्पताल भर्ना गरिएको बताएको बीबीसीले जनाएको छ ।

गत फब्रुअरीमा पनि ऋषि कपूरलाई दुई पटक अस्पताल भर्ना गरिएको थियो ।

ऋषि कपूर बलिउडका दिग्गज मानिएका अभिनेता राज कपूरका माइलो छोरा हुन् , षिले सन् १९७३ मा बबी फिल्मबाट नायकको रुपमा फिल्मी करिअरको शुरुवात गरेका थिए । तर यसभन्दा अघि नै १९५५ मा रिलिज भएको श्री ४२० र १९७० को फिल्म मेरा नाम जोकरमा उनले बाल कलाकारको रुपमा अभिनय गरिसकेका थिए ।

सन् २०१९ मा रिलिज भएको ‘द बडि’ फिल्म ऋषि कपूरको पछिल्लो रिलिज फिल्म हो । साथै उनले दीपिका पादुकोणसँग हलीवुड फिÞल्म द इन्टर्नको हिन्दी रिमेकमा काम गर्ने घोषणा पनि सामाजिक संजालमार्फत गरेका थिए । अन्तिम समयसम्म पनि अभिनयमा सक्रिय रहेका ऋषि कपुर पछिल्लो समय हितेश भाटियाको चलचित्र शर्माजी नमकिनको सुटिङमा व्यस्त थिए ।

हिन्दी चलचित्र कर्जलाई ऋषिको माइलस्टोन फिल्मको रुपमा लिइन्छ भने हम किसीसे कम नहिँ, अमर अकबर एन्थोनी, लैला मजनु, सरगम, ये वादा रहा, कुली, तवायफ, चाँदनी, दिवाना लगायतका थुप्र्रै फिल्महरु चर्चित छन् । उनले आफ्नो फिल्मी करिअरमा एउटै मात्र फिल्म निर्देशन गरे । उनले निर्देशन गरेको चलचित्र ‘आ अब लौट चलें’ सन् १९९९ मा रिलिज भएको थियो ।

Leave a Reply

Your email address will not be published.