संक्रमितसँगै निको हुनेको संख्या पनि बढ्दै
विश्वभरिमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यासँगै निको हुनेको संख्या पनि बढ्दै गइरहेको छ ।
पछिल्लो समय विभिन्न देशहरुले लकडाउन खुकुलो बनाएका छन् भने कतिले लकडाउन खुकुलो बनाउने घोषणा गरेका छन् । विश्वभरीमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ लाख २२ हजार ४ सय ७८ पुगेको छ । संक्रमितको संख्या बढेसँगै यस भाइरसलाई जितेर निको हुनेको संख्या पनि बढ्दैछ । अहिलेसम्म १० लाख ५ हजार ६ सय ६ जनाले उपचार पछ स्वास्थ्य लाभ गरेका छन् । मृत्यु हुनेको संख्या भने २ लाख २८ हजार २ सय ७० जना रहेको छ । विश्वभरिको संक्रमित संख्याको एक तिहाइ संक्रमित अमेरिकामा मात्रै देखिएको छ ।
अमेरिकामा अहिलेसम्म १० लाख ६४ हजार ५ सय ७२ जना संक्रमित भएका छन् भने ६१ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ । न्युयोर्कमा मात्र ३ लाख ६ हजार १ सय ५८ जना संक्रमितमध्ये २३ हजार ४ सय ७४ जनाको मृत्यु भएको छ ।
अमेरिकामा निको हुनेको संख्या एक लाख ४७ हजार ४ सय ११ जना छन् । स्पेनमा २ लाख ३६ हजार ८ सय ९९ जना संक्रमित भएकोमा एक लाख ३२ हजार ९ सय २९ जना निको भएका छन् । २४ हजार २ सय ७५ जनाको भने मृत्यु भएको छ ।
यस्तै इटलीमा २ लाख ३ हजार ५ सय ९१ जना संक्रमितमा २७ हजार ६ सय ८२ जनाको मृत्यु भएको छ । ७१ हजार २ सय ५२ जना निको भएका छन् । फ्रान्समा १ लाख ६६ हजार ४ सय २० जना संक्रमित हुँदा २४ हजार ८७ जनाको मृत्यु भएको छ । ४८ हजार २ सय २८ जना निको भएका छन् ।
आउँदो मे ४ तारीखबाट लकडाउन खुकुलो बनाउने घोषणा गरिसकेको छ । संक्रमणको नियन्त्रणमा उल्लेख्य प्रगती देखाएको जर्मनीमा १ लाख ६१ हजार ५ सय ३९ जना संक्रमित हुँदा निको हुनेको संख्या १ लाख २३ हजार ५ सय जना रहेको छ । यहाँ ६ हजार ४ सय ६७ जनाको भने मृत्यु भएको छ ।
यो भाइरसको उद्गमस्थल भनिएको चाइनमा ८२ हजार ८ सय ६२ संक्रमित भएकोमा ७७ हजार ६ सय १० जना उपचार पछि निको भएका छन् । ५ हजार ५ सय १३ जनाले ज्यान गुमाएका छन् ।