प्रधानमन्त्री ओलीले इजरायलमा बसेका नेपालीहरुबारे चासो राख्नुभयो

प्रधानमन्त्री केपी शर्मा ओली र इजरायलका राष्ट्रपति रुभेन रुबि रिभ्लिन बीच इजरायलमा रहेका नेपालीहरुको सुरक्षा र कल्याणका विषयलमा २० मिनेट टेलिफोन वार्तालाप भएको छ । प्रधानमन्त्री ओलीको चासो प्रति इजरायलका राष्ट्रपतिले नेपालीहरु आफन्त सरह इजरायमा बसिरहेकाले चिन्ता नलिन आग्रह गर्नुभएको छ ।

साथै प्रधानमन्त्री ओलीले इजरायलको ७२ औं स्वतन्त्रता दिवसका उपलक्ष्यमा शुभकामना प्रदान गरेको आफ्नो ट्विटरमा उल्लेख गर्नुभएको छ । इजरायलको कृषि प्रविधि नेपालमा हस्तान्तर गर्ने विषलम कुराकानी भएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । कोरोना विरुद्ध सँगै लड्ने र यस विपत्ति पछिको आर्थिक रुपान्तरनमा मिलेर जाने सल्लाह भएको उल्लेख गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published.