कामपा प्रमुख विद्यासुन्दर शाक्य द्वारा जनताकाे चुल्हाे´ निरिक्षण

कामपा प्रमुख विद्यासुन्दर शाक्यबाट १५ वडाकाे अायाेजनामा च:मतिकाे बृद्ध पार्कमा सञ्चालन भईरहेकाे `जनताकाे चुल्हाे´ निरिक्षण गर्नुभएकाे छ।

निरिक्षणमा कामपा प्रवक्ता एवं १५ वडा अध्यक्ष ईश्वरमान डंगाेलकाे उपस्थितिमा मेयर शाक्य र शहरी पुर्वाधार बिकास बिभागका प्रमुख राम थापाबाट खानाकाे गुणस्तर समेत जाँच गर्नुभएकाे थियाे।

`खानाकाे स्वाद र गुणस्तरमा कुनै कमि छैन।´ मेयर शाक्यले भन्नुभयाे,`१५ वडाकाे जनताकाे चुल्हाे कार्यक्रम निकै प्रभावकारी भएकाे पाएँ ।´

चमति नेवाः खलः र चःमति टाेल सुधार समितिकाे समन्वयमा बैशाख १७गतेदेखि जनताकाे चुल्हाे मार्फत लकडाउनमा समस्या परेकाहरुलाई खाना खुवाउँने कार्य भईरहेकाे छ।

हाल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न देशभरीको बन्दाबन्दीको कारण विपन्न मजदुर परिवारहरुलाई दैनिक गुजारा गर्न गाह्रो भइरहेको छ । समस्यामा परेका नागरिकलाई खाना खुवाउने कार्यलाइ `जनताकाे चुल्हाे´ नामाकरण गरिएकाे छ।

भुइखेल चौरमा चैतको २९ गतेदेखि कामपा १५ वडाले खाना खुवाउने व्यवस्था गरिआएको छ । वडाबाट खाना खुवाउने कार्यलाई अझ सहजरुपमा सबैले खाना पाओस् भन्ने उद्देश्यले बैशाख १७ गते मंगलबारदेखि चःमति र जन गल्लीमा र बैशाख १८ गतेदेखि बुद्ध पार्कमा स्थानीय टोलसुधार समिति मार्फत जनताको चुल्हो मार्फत खाना खुवाउने कार्य भईरहेकाे छ ।

Leave a Reply

Your email address will not be published.