नेत्रावती डबजोङ गाउँपालिकाको नमुना कार्य , गाउँ पालिका भित्रका दिर्घ रोगीलाई निशुल्क औषधी वितरण
धादिङको नेत्रावती डबजोङ गाउँपालिकाले आफ्नो पालिका भित्र रहेका दिर्घ रोगीहरुलाई निशुल्क औषधी वितरण गर्न लागेको छ ।मुलुक लकडाउनमा रहेको कारण समस्यामा परेका दिर्घ रोगीहरुलाई एक महिनाको लागि निशुल्क औषधी वितरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दुर्ग कुमार शाक्यले बताउनुभयो ।नियमित औषधी खाईरहेका बिरामीहरुले औषधी नपाउदा समस्यामा परेको भन्दै उहाँले गाउँपालिकाले नै औषधी खरिद गरेर घरघरमा पु¥याउने व्यावस्था गरीएको अध्यक्ष शाक्यले शुभ अभियान मिडियालाइ जानकारी दिनुभएको छ
धादिङबेसीमा पनि औषधी नपाउने र काठमाण्डौ जानको लागि पनि सवारी साधन बन्द भएको कारण नियमित औषधी खानुपर्ने दिर्घ रोगीहरु समस्यमा पर्न थालेपछि गाउँपालिकाले यस्तो निर्णय गरेको हो।नागरिकको हकहितको लागि काम गर्नु आफ्नो दायित्व भएको भन्दै अध्यक्ष शाक्यले आफ्ना नागरिकहरुलाई कुनै समस्या नहोस भनेर आफुले काम गरीरहेको बताउनु भएको हो ।
जनताले जिताएर पठाएपछि जनताको पिर मर्का बुझी जनताहरुको सेवा गर्ने आफ्नो दायित्व हो भन्दै समस्यामा परेका नागरिकहरुको सहयोगको लागि आफु अहोरात्र खटिरहेको बताउनुभयो । बिहीबार र शुक्रबार सम्म तथ्याङक संकलन गर्ने र गाउँपालिकाले काठमाण्डौ गएर औषधी खरिद गर्ने भएकोले नजिकको स्वास्थ्य चौकीमा गएर आफ्नो नाम र औषधीको नाम टिपाउनको लागि नागरिकलाई आग्रह गरीएको छ ।