थप ७ संक्रमित फेला, नेपालमा ८२ पुग्यो

कोरोना भाइरस संक्रमितको संख्या नेपालमा ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ताजा अपडेट अनुसार बाँकेको नेपालगञ्जमा थप सात जनामा कोरोना पोजिटिभ देखिएको छ । सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् ।

मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा २२, ३० र ४० वर्षका पुरुषमा र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना पुष्टि भएको हो । सबैको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ । यसअघि बाँकेमा एकैदिन १५ जना संक्रमित भेटिएका थिए ।

Leave a Reply

Your email address will not be published.