लक्डाउन र कोरोना को कारण यो वर्षकाे मातृभाषा पत्रकारिता दिवसका कार्यक्रमहरु स्थगित

कोरोना भाइरस कोभिड-19 त्रास र गत चैत्र ११ गते देखि नेपाल सरकारले जारि गरेको लक डाउनलाइ पालना गर्दै यो वर्ष ५ औ मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्य (जगत मान बैद्य )को सम्झनामा मनाउदै आइरहेको मातृभाषा पत्रकारिता दिवसका कार्यक्रमहरु स्थगित गरिएको छ ।


समस्त नेवा : पत्रकारहरुको राष्ट्रिय संगठन नेवा : पत्रकार राष्ट्रिय दबूको आयोजन गरिने मातृभाषा पत्रकारिता दिवस अवसरमा र्याली तथा पुल्चोक स्थित धर्मदित्य धर्माचार्याको सालिकमा माल्यार्पण गरि उहा प्रति श्रद्दा भावना ब्यक्त्त गर्ने गरिन्थ्यो ।

यो वर्ष कोरोनाको जोखिम र लक् डाउनको पालना गर्दै नेवा पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाबाट दिइँदै आएको धर्मादित्य पत्रकारिता पुरस्कार घोषणा लगायत सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ ।

स्थगित गरिएको मातृभाषा पत्रकारिता सम्मेलन र धर्मादित्य पत्रकारिता पुरस्कार अनुकुल समयमा आयोजना गरिने जानकारी गराएको छ ।

राणाकालमा मातृभूमिमा बसेर आफ्नै भाषाबाट लेख्ने, प्रकाशन गर्ने, प्रचार गर्ने वा मातृभाषा विकास र विस्तारका लागि गरिने हरेक गतिविधिलाई अपराधसरह मानिन्थ्यो ,सोही समय अर्थात् ने.सं. १०४५ (९५ वर्षअघि) बुद्धजयन्तीदेखि भारतको कोलकाता पुगेर धर्मादित्य धर्माचार्यले ‘बुद्ध धर्म्म’ नाउँको धार्मिक पत्रिका प्रकाशन गरेका थिए ।

त्यसको दुई वर्षपछि सोही पत्रिकालाई ‘बुद्ध–धर्म व नेपालभाषा’को नाउँमा धर्म तथा साहित्यिक पत्रिकाको रुपमा सम्पादन गरेका धर्माचार्य ने.सं. १०२२ बछलाथ्व चतुर्दशीमा ललितपुरको सप्तपुर महाविहार, चिकंबहीमा जन्मेका थिए ।

उनले नेपाली भाषाको ‘हिमाली बौद्ध’, अंग्रेजी भाषाको ‘बुद्धिष्ट इण्डिया’ पत्रिकासमेत प्रकाशन गरेका थिए ।

उनलाई नेपालका बौद्ध जगतका प्रथम सुधारवादी व्यक्तित्व, किन्दो विहारका जीर्णोद्धारका मुख्य आयोजक, नेपालमा बुद्धजयन्ती मनाउने प्रचलन सुरु गरेका व्यक्ति, काठमाडौं उपत्यकामा बुद्धधर्म उद्धार संघ, बुद्धोपासक संघ, बुद्धोपासिका संघ बनाएका, कोलकातामा नेपाली बुद्धमार्गी संघ बनाएका, दार्जिलिङमा कन्या विद्यालय सञ्चालन गरेका, कालिम्पोङमा उपासक संघ बनाएर पुस्तकालय सुरु गरेका, कोलकाता र पटनास्थित विश्वविद्यालयमा नेपालभाषा अध्यापनको प्रयास गरेका व्यक्तिको रुपमा चिनिन्छ ।

Leave a Reply

Your email address will not be published.