बुद्ध जयन्तीको उपलक्षमा ७ बजे दीप प्रज्वलन

सरकारले आज बिहीबार साँझ ७ बजे दीप प्रज्वलन गर्न आम जनसमुदायलाई आग्रह गरेको छ । २५६४ औं बुद्ध जयन्तीको पावन अवसरमा विश्व शान्तिको कामनासहित कोरोना रोगको रोकथामको कामनाको लागि दीप प्रज्वलन गर्न आग्रह गरेको हो । चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, राष्ट्रसेवकहरुलाई हौसला प्रदान गर्दै संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभ एवं संक्रमितबाट सुरक्षित रहने प्रतिबद्धतासहित वैशाख २५ गते साँझ ७ बजे आ–आफ्नो स्थानमा दीप प्रज्वलन गर्न सरकारले आग्रह गरेको छ । लकडाउनका कारण घरमै बसेर प्राथना, ध्यान गरि बुद्ध जयन्ती मनाइएको छ ।

Leave a Reply

Your email address will not be published.