रोटरी क्लब अफ काठमाडौ वेस्ट द्वारा बिपन्न बर्गलाई खाना बितरण
बिश्वब्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस कोभिड-१९ को सक्रमण रोक्न नेपाल सरकाले जारी गरेको लक दाउनको कारणले दैनिक ज्याला मजदुर गरि पेट पाल्ने तथा बिपन्न बर्गहरुको जिवन कष्टकर बन्दै गएको अवस्थालाई मध्यनजर गरि केहि हद सम्म भएपनि सहयोगको गर्न कालिमाटी सोल्टी मोडस्थित स्पार्क हेल्थ होममा बिपन्न बर्गलाई लक्षित गरि बिगत १० देखि रोटरी क्लब अफ काठमाडौ वेस्टद्वारा खन्न खाना खुवाउने गरिएको छ।

उक्त स्थानमा दैनिक १०० देखि १५० व्यक्तिहरुको लागि खाना खुवाउदै आइरहेको क्लबका अध्यक्ष दिग्विजय विष्ट ले जानकारी गराए ।

क्लब का सचिब उर्मिला डंगोलका अनुसार :”जहा बिपन्न वर्ग हुन्छ र खाना चाहिने , जानकारी आउछ त्यहाँ पनि खाना पुर्याउने छु” ।
रोटरी क्लब अफ काठमाडौ वेस्टले २०७२ सालको महा भूकम्पमा पनि येसरी नै समाजिक सेवाका कार्य गरेको थियो।