कपिलवस्तुमा थप १० पुष्टि, कुल संख्या १२०

कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् । उनीहरुको स्वास्थ्य सामान्य रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.