कोरोना संक्रमित १२१ पुग्यो, सप्तरीमा एकको पुष्टि

सोमबार दिउँसो थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार नयाँ संक्रमित युवक सप्तरीका हुन् । १८ वर्षीय युवक डाक्नेश्वरी नगरपालिका ३ का बासिन्दा हुन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा युवकमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ भने ३१ जना उपचारपछि घर फर्किसकेका छन् । तीमध्ये तीन जनामा संक्रमण देखिएपछि उनीहरूको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.