शताव्दी पुरुष सत्यमोहन जोशी १०१ औं वर्षमा

शताव्दी पुरुष सत्यमोहन जोशी १०१ वर्षमा प्रवेश गरेका छन् । नेपाली कला, सँस्कृति र साहित्यमा योगदान गरेका जोशी वैशाख ३० गते मंगलबार १०१ वर्ष पुगेका हुन् । गत वर्ष एक सय वर्ष पुग्दा ललितपुर महानगरपालिकाले महानगरपालिकाभर सार्वजनिक विदा दिएको थियो । साथै महानगरपालिकाले वर्षभर विभिन्न कार्यक्रम गरी जन्म शताव्दी मनाएको थियो । उपमेयर गीता सत्यालले लकडाउनका कारण कुनै कार्यक्रम आयोजना नगरिएको बताइन् । गत वर्ष जोशीको सम्मानमा नगर परिक्रमा, रक्तदान, नगरपालिका भित्रका जेष्ठ नागरिकहरुलाई सम्मान लगायतका कार्यक्रम गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.