ह्वात्तै बढ्यो कोरोना संक्रमित, थप ५७ मा पुष्टि

नेपालमा ५७ जनामा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको हो। योसँगै नेपालमा संक्रमितको संख्या १९१ पुगेको छ । पर्सामा ३९, रुपन्देहीमा ९ र कपिलवस्तुमा ८ र बारामा एक जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.