भारतले नक्सा मिचेको विरोधमा काठमाडौंको भित्री शहरमा जुलुस
आज साँझ ६ बजे काठमाडौंको बांगेमुढामा भारतीय पक्षले सीमा मिचेको बिरोधमा कार्यक्रम हुँदै छ । सामाजिक दुरि कायम गरि भारतीय पक्षलाई दबाब दिन यसरी कार्यक्रम गर्न बाध्य भएको कार्यक्रमका आयोजक जनता समाजवादी पार्टि नेपालका काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष श्यामकृष्ण प्रजापतिले बताउनु भयो । हातमा प्लेकार्ड सहित विरोध कार्यक्रम हुने प्रजापतिको भनाइ छ ।