जनता समाजवादीका एक दर्जन भन्दा वढि गिरफ्टार

भारतले नेपालको लिपुलेक लिम्पियाधुरा अतिक्रमण गरी सडक निर्माण गरेको विषयमा विरोध गर्न उत्रिएका युवाहरुलाई नेपाल प्रहरीले नियन्त्रण्मा लिएको छ । काठमाडौंको बांगेमुढामा हुने भनिएको विरोध कार्यक्रम हुन अघि नै प्रहरीले हस्तक्षेप गरेको थियो । जनता समाजवादी पार्टिको काठमाडौं जिल्ला समन्वय समितिको आव्हानमा बोलाइएको कार्यक्रममा समितिका अध्यक्ष श्याम कृष्ण प्रजापतिका साथै पार्टिका नेता आङ्ग काजी शेर्पा त्यस्तै चन्द्र कुमार महर्जन, सुरज महर्जन, मनिष श्रेष्ठ गरी एक दर्जनलाई प्रहरी भ्यानमा राखिएको थिया । समातिएकालाई आजै रिहा गरिएको छ । उपत्यकका साथै विभिन्न स्थानमा यसरी विरोधका कार्यक्रम हुँदै आइरहेको छ भने प्रहरीं हस्तक्षेप पनि भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.