कोरोना संक्रमित भेटेको भेट्यै, थप २६ गरि २१७ पुग्यो
काठमाडौं र भक्तपुरमा संक्रमित फेला परेका छन । नयाँ २६ संक्रमितमा पर्सा जिल्लाका १८, महोत्तरीका दुई, धनुषा जिल्लाका दुई, भक्तपुरमा दुई, त्यस्तै काठमाडौं र सर्लाहीमा एक एक कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको छ । यस सँगै नेपालमा एकै दिन ८३ जना नयाँ संक्रमित फेला परेका हुन । नेपालको कुल संक्रमित संख्या २१७ पुगेको छ ।