नेपालगञ्जमा थप एक कोरोना पुष्टि, २१८ पुग्यो
बुधबार नेपालगञ्जका एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणअनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा कोरोना भाइरसको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या २१८ पुगेको जनाएको छ । कोरोना संक्रमितको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।