२४ जनामा कोरोना पुष्टि, बुधबारै २६ जना थपिए
बुधबार साँझ २४ जना नयाँ संक्रमित थपिएका छन् जसमा रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, र ४१ वर्षका पुरुष त्यस्तै ४, १० र २८ वर्षका महिलामा संक्रमण देखिएको हो । कपिलवस्तुमा भने २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षका पुरुषमा कोरोना संक्रमण भएको छ । पर्सामा ३६ र ७४ वर्षका पुरुष र ३६ वर्षकी महिलामा संक्रमण देखिँदा नवलपरासीमा ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । दिउँसो २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै आजै २६ जना संक्रमित पुष्टि भएका छन् ।