बिहानै ७ जनामा कोभिडको पुष्टि, २५० जना संक्रमित
नेपालमा थप ७ जना कोरोना स्रक्रमित थपिएका छन् । योसँगै संक्रमितको जम्मा संख्या २५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जारी गरेको दुई वटा विज्ञप्तिमा यसको पुष्टि गरेको छ । कपिलवस्तु निवासी ६ वर्षीया बालिका, काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष, सर्लाहीमा १, धनुषा र महोत्तरीमा २ २ जनामा कोरोना संक्रमण देखिएका छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
