काठमाडाैं गरी ३ जनामा काेराेना पुष्टि, २४९ पुग्याे
थप तीन जनामा कोरोना पाेजिटिभ देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, धनुषा र धादिङमा यसकाे पुष्टि गरेकाे छ । काठमाडौं दहचोकका ७ वर्षीय बालक, धनुषाका १७ वर्षीय महिला र धादिङका ३० वर्षीय महिलामा काेभिड देखिएकाे हाे । अब नेपालमा २४९ मानिस संक्रमित भएका छन् ।