मकवानपुर र बाँकेमा ९ जना नयाँ संक्रमित, २५८ पुग्यो

थप ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । यिनिहरु सबै दक्षिण भारतबाट आई क्वारेन्टाइनमा बसेकाहरु हुन् । मकवानपुरमा भने ३७ वर्षका पुरुषमा संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.