नेपालमा कोरोना संक्रमित २७३ पुग्यो, थप ६ मा आजै पुष्टि
शनिबार नेपालमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ । बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बर्दियामा २८ वर्षिय महिला, सिरहामा ३० वर्षिय पुरुष, पर्साका २८ वर्षिय पुरुष, सर्लाहीका २८ वर्षिय महिला र चितवनमा २५ वर्षिय महिलमा संक्रमण देखिएको हो । उनीहरु सबैको अवस्था सामान्य रहेको जनाइएको छ । हिजो पर्सा, विरगंजमा ९, १० वर्षिय बालक, २३, ४७ वर्षिय महिला, उदयपुर, वियुगा नगरपालिकाका २५ वर्षिय पुरुष, दांग गढवाका ४, ५ र तुलसिपुरका २३, ३४, ३६ वर्षिय पुरुषहरुमा र काठमाडौं सतुगलका ७ वर्षिय बालकमा कोरोना पुष्टि भएको थियो ।