कोरोनाले लियो दोस्रो ज्यान, बाँकेमा मृत्यु हुने युवकमा कोरोना पोजिटिभ
नेपालमा कोरोनाका कारण दोस्रो व्यक्तिको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको आज(आइतबार) कोरोनाका कारण मृत्यु स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासी स्वास्थ्य अवस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको थियो । कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब हिजो संकलन गरिएको थियो भने आज पोजिटिभ आएको छ । यस अघि हिजो कोरोना संक्रमण कै कारण धुलिखेल अस्पतालमा २९ वर्षिय सुत्केरी महिलाको मृत्यु भएको थियो ।