लकडाउन जेठ २० सम्म

मन्त्रिपरिषद बैठकले लकडाउन जेठ २० सम्म लम्ब्याउने निर्णय गरेको छ । सरकारले यसअघि जेठ ५ गतेसम्म लकडाउन कायम राख्ने निर्णय गरेको थियो । कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो । समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको हो । पछिल्लो समय कोरोना संक्रमण फैलिएको र मृत्यु पनि भएपछि सरकार लकडाउन लम्ब्याउने निर्णयमा पुगेको हो ।

Leave a Reply

Your email address will not be published.