नर्ससहित तीन जनामा कोरोना पुष्टि, २९५ पुग्यो

आइतबार धनकुटा जिल्ला अस्पतालकी नर्स सहित विराटनगरका दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । धनकुटा निवासी ३४ वर्षीय महिला, मोरंग, विरातनगरका २९ वर्षीय महिला र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ । दुईजनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन्।

Leave a Reply

Your email address will not be published.