न्यूरोडको प्यूखामा आगलागि नियन्त्रणमा
काठमाडौंको न्युरोडको प्युखामा अवस्थित एक पाँच तले घरमा आइतबार आगलागी भएको हो । घरबाहिरको बिजुलीको तार सर्ट आगलागी भएको स्थानियको भनाइ छ । घरको भुइँतलामा रहेको जुत्ता र झोला पसल, दोस्रो तलामा रहेको खेलकुद सामग्री पसल र त्यसमाथिका तलामा रहेका कपडा पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगो काठमाडौं महानगरपालिका, जुद्ध वारुण यन्त्रलगायतका दमकलको सहायतमा नियन्त्रणमा लिइएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता डीएसपी राजकुमार केसीले आगो नियन्त्रणमा आएको जानकारी दिनुभयो । क्षतिको विवरण संकलन भइरहेको छ ।