राैतहत र बारामा ९ संक्रमित बढे

राैतहत र बारामा थप ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राैतहतकाे इशनाथ नगरपालिकाका २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुषहरु, राैतहत माधवनारायण नगरपालिकाका २८ वर्षीय महिला र बारा करैयामाइका ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ । दुईजनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन्।

Leave a Reply

Your email address will not be published.