थप ५३मा कोरोना पोजिटिभ, ३५७ पुग्यो
नेपालमा संक्रमितको संख्या ३५७ पुगेको छ । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४६ जना पुरुष र १ महिलाको रिपोर्ट पोजेटिभ आएको हो । त्यस्तै मोरंगका एक पुरुष, गुल्मिका ४१ वर्षीय पुरुष, धनुषा, रौतहत, दांग र धादिंगका एक एक जना गरि कुल ५३ जनामा कोरोना पोजिटिभ देखिएको हो । संक्रमितहरु १८ देखि ४६ वर्षका पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।