मंगलबार दिनभरमा ३२ संक्रमित पुष्टि, ४०७ मा कोरोना

कोरोना भाइरस (कोभिड १९)को संक्रमण ३२ जनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै झापामा ९, धनकुटामा ५, कपिलवुस्तमा चार, सर्लाहीमा २ जना, मकवानपुर, रामेछाप, सिन्धुली, मोरङ, सुनसरी, लमजुङ र नवलपरासीमा एक एक जनामा संक्रमण पुष्टि भएको छ । थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् । यससँगै कुल संक्रमितको संख्या ४०७ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमण ३६ जिल्लामा पुगेको छ । यसमा ३७ जना निको भएका छन भने दुईको मृत्यु भएको छ । प्रदेशगत रुपमा सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा छन् । प्रदेश १ मा ५४, २ मा एक सय ३६, वागमतीमा २७ र गण्डकी प्रदेशमा चार जना छन् भने प्रदेश ५ मा एक सय ७६, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा पाँच जना छन् ।

Leave a Reply

Your email address will not be published.