तेस्रो कोरोना संक्रमितको मृत्युको हल्लामात्रै (विज्ञप्तिसहित)

नेपालको कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या दुई मात्र भएको पुष्टि भएको छ । केहि सञ्चारमाध्यमले तेस्रो संक्रमितको मृत्युको खबर सम्प्रेशण गरेको थियो । तर मृत्यु भयो भनिएका गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर रहेको र उपचाररत रहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले स्पष्ट पारेको छ । अस्पतालले मृत्युको खण्डन गर्दै आईसीयूको भेन्टिलेटर कक्षमा उहाँको उपचार भइरहेको जनाएको छ । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षीय पुरुष एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या लिएर अस्पतालमा आएका थिए । वैशाख २ गते प्रादेशिक जनस्वास्थ्य प्रशोगशालामा नमुना परिक्षण गर्दा उनमा जेठ ५ गते कोरोना पुष्टि भएको थियो । उनको अवस्थाबारे भ्रामक समाचार आएको भन्दै खण्डन गर्दै त्यस्ता समाचारको पछि नलाग्न अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published.